काँग्रेस ८६ सिटमा सहमत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काँग्रेस ८६ सिटमा सहमत


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । काँग्रेसले ८६ सिटमा चित्त बुझाएको छ । मंगलबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा काँग्रेस ८६ सिटमा सहमत भएको स्रोतले जनाएको छ ।

तर, सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि आफूहरूबीच सहमति भइसकेको बताए । अब लिपिबद्ध मात्र गर्न बाँकी रहेको उनको भनाइ छ ।

कार्यदलको बैठक भोलि अपराह्न ५ बजेका लागि फेरि बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस