कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, इमर्जेन्सीबाहेकका सबै सेवा बन्द « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, इमर्जेन्सीबाहेकका सबै सेवा बन्द


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकले  इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका छन् । डा.करण शाहका नाममा पक्राउ पुर्जी जारी गरिएको भन्दै प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् ।

भाद्र २ गते डा शाहमाथि आक्रमण  भएको फुटेजमा प्रस्टसँग देखिएको अवस्थामा पक्राउ पुर्जी जारी घटनाले आश्चर्य पारेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

सीसीटिभी फुटेजमा प्रस्टसँग देखिएको अवस्थामा समेत इमर्जेन्सी नगरिने टाँका काट्ने कार्य नभएको भनी अनर्गल प्रसार गरी बाल अधिकार सम्बन्धी झूटा मुद्दा दायर भई पक्राउ पुर्जी जारी भएको घटनाले मर्माहत भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

यस्तो भएपूर्ण वातावरण सेवा दिन असमर्थ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  प्रतिष्ठानमै कार्यरत धनबहादुर शाहीले शाहमाथि कुटपिट गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस