भारतीय सेनाध्यक्ष पाण्डेले भेटे प्रधानमन्त्री देउवालाई « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतीय सेनाध्यक्ष पाण्डेले भेटे प्रधानमन्त्री देउवालाई


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सेनाध्यक्ष पाण्डे नेतृत्वको भारतीय टोलीले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवासँग भेटघाट गरेको हो।

प्रधानमन्त्री देउवा र सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ । पाण्डेले आजै पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ ।

यसअघि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई मानार्थ महारथीको उपाधिबाट सुशोभित गरेकी थिइन् । नेपाल र भारतले एक अर्काका सेनाध्यक्षलाई मानार्थ महारथीको उपाधि दिने चलन छ।

औपचारिक भ्रमणका क्रममा आइतबार नेपालमा आएका पाण्डे बिहीबार स्वदेश फर्कँदैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस