योगेशको अभाव महसुस गरिरहन्छिन् रामकुमारी झाँक्री किन ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

योगेशको अभाव महसुस गरिरहन्छिन् रामकुमारी झाँक्री किन ?


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराई र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीको दोस्ती लामो र गहिरो छ । योगेशलाई रामकुमारी अभिभावक मान्छिन् ।

बुधबार योगेशलाई जन्म दिनको शुभकामना दिने क्रममा पनि रामकुमारीले त्यो प्रकट गरेकी छिन् । सामाजिक सञ्जालमार्फत जन्म दिनको शुभकामना दिँदै उनले महत्त्वपूर्ण निर्णय गर्दा योगेशको अभाव महसुस गर्ने गरेको उल्लेख गरेकी छिन् । ‘आफैँले कुनै महत्त्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ,’ उनले लेखेकी छिन् ।

२०५४ मा एमाले विभाजित भएर नेकपा एमाले बन्दा योगेशसँगै रामकुमारी मालेतिर लागेकी थिइन् । २०६५ मा भएको अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा उनले गोकुल घर्तीलाई पराजित गरेकी थिइन्, जसमा योगेशहरूको महत्त्वपूर्ण सहयोग थियो ।

तत्कालीन नेकपा कालको सङ्घर्षमा रामकुमारी योगेशहरूसँगै प्रचण्ड-माधव खेमामा उभिएकी थिइन्। अन्तिम समयसम्म नेपाललाई साथ दिएका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराईलगायतका १० नेताहरू एमाले विभाजनमा भने सहमत भएनन् ।

झाँक्रीले भने नेपाललाई साथ दिइन् । झाँक्री लगायतका तेस्रो पुस्ताका युवाको बलियो आड भरोसाकै कारणले माधव नेपालले एमाले विभाजन गर्ने साहस गरेका थिए ।

आफू निरन्तर संवादमा रहने र सल्लाह सुझावसमेत लिने भुसाल र भट्टराई लगायतका नेताहरू एमालेमै बस्दा पनि झाँक्रीले एकीकृत समाजवादी रोज्नुलाई कतिपयले बाध्यताको संज्ञा समेत दिन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस