एसिया कप : भारत र श्रीलङ्काबिच प्रतिस्पर्धा, भारतलाई जित्नै पर्ने दबाब « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एसिया कप : भारत र श्रीलङ्काबिच प्रतिस्पर्धा, भारतलाई जित्नै पर्ने दबाब


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । एसिया कप क्रिकेटको शीर्ष चारमा भारत र श्रीलङ्का प्रतिस्पर्धा गर्दै छन् ।

भारत आजको खेलमा जित निकाल्नै पर्ने दबाबमा रहेको छ।

भारत पराजित भएको खण्डमा फाइनल पुग्नबाट वञ्चित हुने छ। श्रीलङ्का भने शीर्ष चारमा लगातार दुई जितसहित फाइनल पुग्ने सम्भावना थप बलियो बनाउने लक्ष्यमा हुने छ।

आफ्नो पहिलो खेलमा श्रीलङ्काले अफगानिस्तानलाई पराजित गरेकाले पनि भारतविरुद्ध बलियो आत्मविश्वासका साथमा श्रीलङ्का मैदानमा हुने छ।

भारत भने शीर्ष चारको पहिलो भिडन्तमा पाकिस्तानसँग पराजित भएकाले बाँकी खेलमा जित निकाल्दै फाइनल यात्रालाई सुरक्षित गर्नुपर्ने दबाबमा रहेको छ।

दुबई अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा स्पिनर हाबी हुने सम्भावना बलियो छ। यस्तोमा युएईको यो मैदानमा पनि टस जित्ने टिमले पहिले बलिङ गर्ने सम्भावना बलियो छ।

भारत र श्रीलङ्काले अहिलेसम्म एकअर्काविरुद्ध २५ पटक प्रतिस्पर्धा गर्दा भारतले १७ खेलमा जित निकालेको छ। जहाँ श्रीलङ्का ७ खेलमा मात्र विजयी भएको छ। १ खेल बिना रिजल्ट सकिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस