सानिमा माई हाइड्रोपावरले नगद लाभांश मात्रै दिने « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सानिमा माई हाइड्रोपावरले नगद लाभांश मात्रै दिने


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०७८-९ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले प्रस्तावित लाभांश २ कात्तिक २०७९ मा हुने वार्षिक साधारणसभामा पेश हुने र उक्त साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने जनाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि १२ असोजमा एक दिनको लागि सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) हुने जनाएको छ ।

यस अनुसार ११ असोजसम्म कायम सेयरधनीले साधारणसभामा सहभागी हुन र नगल लाभांस पाउन सक्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस