सामसङ ग्यालेक्सी ए १३ बजारमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सामसङ ग्यालेक्सी ए १३ बजारमा


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । सामसङले आफ्नो नयाँ उत्पादन सामसङ ग्यालेक्सी ए १३ स्मार्ट फोन बजारमा ल्याएको छ ।

कम्पनीले ल्याएको नयाँ फोन उच्च गुणस्तर र अत्याधुनिक प्रविधिसहितको सामसङको ए सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन हो ।

यसमा क्वाड क्यामरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजजस्ता विशेषता रहेको जनाइएको छ । यसमा क्वाड क्यामराको माथिल्लो भागमा ५० मेगापिक्सेल मेन क्यामरा रहेको जनाइएको छ ।

यसमा पाँच हजार एमएएच ब्याट्री रहेकाले दुई दिनसम्म ब्याट्री ब्याकअप रहने कम्पनीको दाबी छ । मेमोरी कार्ड स्लट पनि रहेकाले यसमा आन्तरिक स्टोरेज क्षमता एक टेराबाइटसम्म पुर्‍याउन सकिने जनाइएको छ । त्यस्तै, र्‍याम ६ जिबीसम्म बढाउन सकिने उल्लेख छ ।

१५ वाटको फास्ट चार्जिङका साथै आउने यो मोबाइलको मूल्य २१ हजार पाँच सय रुपैयाँबाट सुरु हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस