साफ यु-१७ फुटबल : भारत र बङ्गलादेशको विजयी सुरुआत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

साफ यु-१७ फुटबल : भारत र बङ्गलादेशको विजयी सुरुआत


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । श्रीलङ्कामा जारी साफ यु-१७ पुरुष फुटबलमा भारत र बङ्गलादेशले विजयी सुरुआत गरेका छन्।

सोमबार भएको खेलमा बङ्गलादेशले घरेलु टोली श्रीलङ्कालाई ५-१ गोल अन्तरमा हराउँदै विजयी सुरुआत गरेको हो।

बङ्गलादेशको जितमा मोहमद मुर्सेद अलीले दुई गोल गरे। यस्तै मोहमद रूबेल शेख, सिराजुल इस्लाम राना र मोहमद नाजिम उद्दीनले एक-एक गोल गरे। श्रीलङ्काका यासिर शर्फराजले एक गोल फर्काए।

यस्तै सोमबार नै भएको अर्को खेलमा भुटानलाई ३-० गोल अन्तरले हराउँदै भारतले विजयी सुरुआत गरेको छ।

भारतको जितमा थाङ्गलालसौन गँगटेले दुई गोल गरे। थप गोल भानलाल्पेका गुइँठेले गरे। यो जितसँगै नेपाल सम्मिलित समूह (बी) मा रहेको भारतले पहिलो खेलमै ३ अङ्क जोडेको छ। यस्तै समूह एमा रहेको बङ्गलादेशले पनि पहिलो खेलबाटै ३ अङ्क जोडेको छ।

नेपालले आफ्नो पहिलो खेल भोलि बुधबार भुटानसँग खेल्नेछ। दोस्रो खेलमा शुक्रबार भारतसँग खेल्नेछ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन्।

समूह ए मा आयोजक श्रीलङ्कासहित बङ्गलादेश र मालदिभ्स छन् भने समूह एमा नेपालसहित भारत र भुटान छन्। फाइनल सेप्टेम्बर १४ मा हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस