मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता कहिले ?  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता कहिले ? 


२० भाद्र २०७९, सोमबार


काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत १५ र २०७९ असार ९ गते परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले जारी गरेको सूचना अनुसार प्रदेश-१को सबै र मधेस प्रदेशका (क्र.सं. १ देखि १) सम्मका उम्मेदवार) अन्तर्वार्ता असोज २५ गते बिहान ८ बजे हुने छ ।

यस्तै मधेस प्रदेशका (क्र.सं. ११ देखि माथिका सबै) उम्मेदवार, कर्णाली प्रदेश र गण्डकीका सबै उम्मेदवार तथा बागमती प्रदेश (क्र.सं.२६ देखिमाथि सबै उम्मेदवार)को अन्तर्वार्ता २५ गते दिउँसो २ बजे हुनेछ ।

यस्तै बागमती प्रदेश (क्र.सं. १ देखि २५ सम्मका उम्मेदवार), लुम्बिनी प्रदेशका सबै र सुदूरपश्चिम प्रदेशका सबै उम्‍मेदवारहरुको अन्तर्वार्ता असोज २६ गते बिहान ८ बजे हुने कार्यतालिका बनाएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस