२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकै प्रकृतिका सहकारी मात्रै मर्जर गर्न विभागको निर्देशन

अ+ अ-

काठमाडौँ । सहकारी विभागले सहकारी संस्थाहरू मर्जरमा जाँदा ऐन र नियमको पालना गर्न ध्यानाकर्षण गराएको छ । पछिल्लो एक साता यता सहकारी संस्थामा मर्जरको लहर नै चलेको छ । ११ भदौमा काठमाडौं उपत्यका सञ्चालित पाँचवटा सहकारीले मर्जरमा जाने सम्झौता गरेका थिए । १७ भदौमा उपत्यकाकै ९ वटा सहकारी र १८ भदौमा ११ वटा सहकारीबिच एक आपसमा मर्जरमा जाने सम्झौता भएको थियो ।

सहकारीमा तरलता समस्याले बचकर्ताको रकम फिर्ता गर्न नसकेर धमाधम समस्याग्रस्त बन्दै जाँदा केही सहकारीले भने मर्जरमार्फत बलियो बन्ने प्रयास थालेका छन् । यही सन्दर्भमा विभागले आइतबार एक निर्देशन जारी गर्दै एकीकरण प्रक्रिया प्रचलित कानुनभित्र रहेर पूरा गर्न ध्यानाकर्षण गराएको छ ।

विभागले मर्जरमा जाँदा सहकारी ऐनको दफा ८७ र यिमावलीको नियम ९ मा भएको व्यवस्था कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ । यस्तै सहकारी संस्था एकीकरण तथा विभाजन निर्देशिका २०७७ प्रक्रिया पूरा गर्न पनि विभागले निर्देशन दिएको छ । सहकारी सङ्घ संस्थाहरू एकीकरण भएपछि गठन हुने सञ्चालक समिति र लेखा समितिलाई सहकारी ऐन, २०७४ मा भएको व्यवस्था अनुसार समावेशी बनाउन विभागले निर्देशन दिएको हो ।

साथै सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका, २०७७ बमोजिम तदर्थ समिति गठन गरेको मितिले तीन दिन भित्र सम्बन्धित नियामक निकायमा जानकारी पठाउन भनेको छ ।

विभागले सहकारी संस्था एकीकरण गर्दा एकै प्रकृति वा विषयका हुनुपर्ने, फरक विषयका भए पनि एउटै विषयमा प्रतिस्पर्धा भएको हुनुपर्ने, कार्यक्षेत्र खप्टिएको वा जोडिएको हुनुपर्ने, सदस्यबाट एकीकरणको माग भएको वा संस्थाको संयुक्त बैठकले एकीकरण सम्बन्धी निर्णय गरेको हुनुपर्ने लगायतको कानुनी प्रक्रिया तथा मापदण्ड कार्यान्वयन गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको हो ।

सहकारी एकीकरण कार्यको समय सीमा खुलाइ प्रस्तावित एक्सन प्लान सहित सबै संस्थाको सञ्चालक समितिको निर्णयबाट प्रस्ताव पारित गरी एकीकरणको पूर्व स्वीकृतिका लागि विभागमा पेस गर्नुपर्ने उल्लेख छ ।

यस्तै सहकारी नियमावली २०७५ को नियम ३९(३० बमोजिम २ जेठ २०४९ भन्दा अगाडि स्थापना भएका साझा सहकारी संस्थाको एकीकरण गर्दा मन्त्रालयको पूर्व स्वीकृति लिनुपर्ने विभागको निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस