पत्रकार महासङ्घका प्रदेश कोषाध्यक्षहरूको भेलाबाट ७ बुँदे घोषणापत्र जारी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पत्रकार महासङ्घका प्रदेश कोषाध्यक्षहरूको भेलाबाट ७ बुँदे घोषणापत्र जारी


२० भाद्र २०७९, सोमबार


काठमाडौँ । नेपाल पत्रकार महासङ्घका प्रदेश कोषाध्यक्षहरूको भेलाबाट ७ बुँदे घोषणापत्र र प्रतिबद्धता जारी गरिएको छ । महासङ्घ केन्द्रीय समितिको सहयोग र केन्द्रीय लेखा समितिको आयोजनामा प्रदेश कोषाध्यक्षको प्रथम भेला आइतबार काठमाडौंमा सम्पन्न भएको हो । 

भेलाले महासङ्घका प्रदेश, जिल्ला, वैदेशिक र एसोसियट शाखाहरू पूर्णपुरमा बैंकिङ्ग प्रणालीमा जान तथा आर्थिक अनुशासन, मितव्ययिता र पारदर्शिता कायम गर्न प्रतिबद्धता व्यक्त गरेको छ । यस्तै देशभरिका शाखा र प्रदेश समितिमा आर्थिक तथा भौतिक संरचना सहितको सम्पत्ति विवरण पारदर्शी बनाउन सफ्टवेयर निर्माण गर्ने प्रतिबद्धता पनि भेलाले गरेको छ । 

हाल गैरकानुनी रूपमा युट्युब, फेसबुक, टिकटक लगायतका सोसल मिडियाबाट भइरहेको विज्ञापनलाई नियमन गर्न–गराउन पनि भेलाले सरकारसँग माग गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस