काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार दशमलव २९ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७३ दशमलव शून्य एकमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८२ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ९५ मा ओर्लेको छ । कूल दुई सय २४ कम्पनीको २४ लाख ४४ हजार तीन हजार ४४ कित्ता शेयर रु ९० करोड ९९ लाख चार हजार सात सय ५१ बराबर मूल्यमा खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । उत्पादन एक दशमलव ८७ र लघुवित्त दुई दशमलब पाँच अङ्कले उकालो लागेको छ ।
बैंकिङ एक दशमलव ३९, व्यापार आठ, होटल तथा पर्यटन आठ दशमलव शून्य पाँच, विकास बैंक १० दशमलव ८३, जलविद्युत् छ दशमलव एक, वित्त नौ दशमलव ८८, निर्जीवन बीमा चार दशमलव ३७, अन्य १५ दशमलव २१, जीवन बीमा पाँच दशमलव शून्य छ, सामूहिक लगानी कोष शून्य दशमलव १३ र लगानी शून्य दशमलव ३२ अङ्कले ओरालो लागेको छ ।
सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ३० अर्ब छ करोड ५५ लाख ७८ हजार तीन सय ७७ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ९६ लाख ९४ हजार सात सय २१ बराबरको कारोबार भयो ।