२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शव परीक्षणका लागि प्रदेश अस्पताल पुग्नुपर्ने बाध्यता हट्यो, पश्चिम सुर्खेतमै शव परीक्षण हुने

अ+ अ-

कर्णाली । पश्चिम सुर्खेतमा शव परीक्षण घर नहुँदा शव बोकेर वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल पुग्नुपर्ने बाध्यता अब हटेको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र, सालकोटमा शव परीक्षण घर निर्माण भएपछि पश्चिम सुर्खेतमै यो सुविधा थपिएको हो ।

शव परीक्षण घर नहुँदा यस क्षेत्रका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका बासिन्दाले अनावश्यक सास्ती भोग्नुपरेको थियो ।

शङ्कास्पद मृत्यु एवं दुर्घटनाबाट भएको मृत्युमा कानुनअनुसार अनिवार्य शव परीक्षण गरिन्छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले हिजो नवनिर्मित भवनको उद्घाटन गरे । ‘पीडामा परेका आफन्तजन शव बोकेर लामो बाटो छिचोल्दै वीरेन्द्रनगर पुग्नुपर्ने बाध्यता हटेको छ, मृतकका आफन्तलाई दोहोरो पीडा थियो’, उनले भने, ‘अझ विपन्न परिवारले ऋण, सापटीको जोहो गर्नुपर्ने अवस्था थियो, शवको परीक्षण अब आफ्नै क्षेत्रमा हुने भएको छ ।’ मन्त्रालयको २५ लाख बजेटमा उक्त भवन निर्माण भएको हो ।

पश्चिम सुर्खेतकै बासिन्दासमेत रहेका मन्त्री बुढा क्षेत्रीले विगतमा शव परीक्षण गराउन धेरै सास्ती भोग्नुपरेको अनुभव सुनाउँदै भने, ‘कैयन घटनामा हामी सबैले आर्थिक सहयोग गरेर शव परीक्षण गर्न वीरेन्द्रनगर पुर्‍याएका थियौँ, शव परीक्षण ढिला हुँदा गाडी भाडामै बढी खर्च हुन्थ्यो ।’

उनले चालू आर्थिक वर्षभित्रै प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई ५० शय्याको अस्पतालका रूपमा स्तरोन्नति गरिसक्नेगरी मन्त्रालयले बजेट व्यवस्थापन गरेको जानकारी दिए । स्तरोन्नतिका लागि प्रदेश सरकारले तीन करोड बजेट विनियोजन गरेको छ ।

भवन उद्घाटन कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले स्वास्थ्य केन्द्रमा तत्काल विशेषज्ञ जनशक्ति पठाउन मन्त्रीसमक्ष आग्रह गरे । उनले ५० शय्याको अस्पतालका रूपमा विकास गर्न सके पश्चिम सुर्खेतका बासिन्दा अहिले जस्तो सामान्य स्वास्थ्य समस्या देखिँदा वीरेन्द्रनगर जानुपर्ने बाध्यता हट्ने अपेक्षा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस