२ दिनभित्र सिट बाँडफाँट टुङ्ग्याउने सत्ता गठबन्धनको तयारी « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

२ दिनभित्र सिट बाँडफाँट टुङ्ग्याउने सत्ता गठबन्धनको तयारी


२० भाद्र २०७९, सोमबार


काठमाडौँ । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा आज पनि बस्दै छ।

सोमबार दिउँसो १ बजे कार्यदल बैठक बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

आइतबार पनि सत्ता गठबन्धन र कार्यदलको बैठक बसेको थियो। तर ठोस सहमतिमा पुग्न सकेन। कार्कीका अनुसार अझै केही दिन सिट बाँडफाँटबारे छलफल गर्नुपर्ने देखिएको छ।

प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रमा कहाँ कुन दलबाट उम्मेदवारी दिने भन्नेबारे बैठकमा छलफल भइरहेका छन्। आफूले दाबी गरेकोभन्दा सिट संख्या घट्नुपर्ने भएकोले भागबन्डा मिलिसकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस