एमालेले मदन भण्डारी र माआवादीले जनयुद्धको जडता छोड्नुपर्छ : भुसाल « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एमालेले मदन भण्डारी र माआवादीले जनयुद्धको जडता छोड्नुपर्छ : भुसाल


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले आफ्नो पार्टीले मदन भण्डारी र नेकपा माओवादीले जनयुद्धको जडता छोड्नुपर्ने बताएका छन् ।

आइतबार आयोजित विचार गोष्ठीमा भुसालले एमालेमा मदन भण्डारीका नामा ठूलो जडता रहेको समेत टिप्पणी गरे ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत उपस्थित कार्यक्रममा भुसालले भने, ‘यो जडताबाट एमाले निस्कनुपर्‍यो । माओवादीले पनि जनयुद्धको धङधङी छोड्नुपर्‍यो।’

Tags :
प्रतिक्रिया दिनुहोस