सरकारले रकम नदिएपछि नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारले रकम नदिएपछि नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यक पर्ने डायलाइसिस सेवा बन्द भएको छ । सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएको हो ।

नेपालगञ्ज मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएको थियो । सेवा बन्द भएपछि बिरामीहरू मर्कामा परेका छन् ।

नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवाको जिम्मा पाएको बिरङ्ग हेल्थ केयर प्रालिले गत शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको हो ।

। ‘हामीसँग १८ देखि २० जनासम्म डायलाइसिस गर्नुपर्ने बिरामीहरू छन्,’ पन्तले भने, ‘स्वास्थ्य मन्त्रालयले १४ महिनादेखि रकम नपठाएपछि बिरङ्गले सेवा रोकेको छ । हामी सेवा सुरु गराउन प्रयास गरिरहेका छौँ ।’

बिरामीहरू मर्कामा परेपछि ललितपुरस्थित बिरङ्गको हेड अफिसले एक हप्तालाई पुग्ने सामानको पैसा पठाइदिएको र त्यसैको आधारमा डायलाइसिसलाई आवश्यक पर्ने सामान मगाएको बताइएको छ । सेवा आजै साँझबाट सुरु गरिने भएको छ ।

बिरामीहरूले अस्पतालमा जति पटक डायलाइसिस गराए पनि एक पटकको २५ सय रुपैयाँको दरले निःशुल्क सेवा पाउँछन् । यो सेवा दिएबापत सरकारले सम्बन्धित अस्पताललाई रकम उपलब्ध गराउँछ । नेपालगञ्ज मेडिकल कलेजले बिरङ्ग हेल्थ केयरलाई डायलाइसिस सेवाको जिम्मा दिएको छ । सरकारबाट प्राप्त हुने रकम बिरङ्ग हेल्थ केयरले नेपालगञ्ज मेडिकल कलेजबाट पाउँछ । तर १४ महिनादेखि रकम नपाएको बिरङ्ग हेल्थ केयर प्रालिका म्यानेजरले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस