गोरखा २ स्वतः मेरो भागमा : भट्टराई « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

गोरखा २ स्वतः मेरो भागमा : भट्टराई


१८ भाद्र २०७९, शनिबार


गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् ।

शनिबार गुह जिल्लामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले आफ्नो उम्मेदवारी रहने बताएका हुन् ।

भट्टराईको दल नेसपाले माओवादी केन्द्रको चुनाव चिन्ह लिने सहमति गरेको छ र माओवादीबाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे र चुडामणि खड्का दाबेदार छन् । एउटै चुनाव चिन्ह लिने सहमति गर्न भट्टराईले प्रत्यक्ष चुनाव लड्नुपर्छ भन्ने नरहेको बताएको माओवादी नेताहरुले बताएका थिए ।

तर अब भट्टराईले गोरखा २ बाट चुनाव लड्ने तयारी गरेको नेताहरु बताउँछन् । ‘गोरखा जिल्ला मेरो पहिलेदेखिकै निर्वाचन क्षेत्र पनि हो,’ भट्टराईले भनेका छन्, ‘अहिलेसम्म गठवन्धनका दलहरुबीच जसले जहाँबाट जितेको छ त्यहीबाट चुनाव लड्ने भन्ने सहमति पनि छ, त्यसैले गोरखा क्षेत्र नम्वर २ स्वतः मेरो भागमा पर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस