हेटौँडाबाट ७४ किलो गाँजासहित दुईजना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हेटौँडाबाट ७४ किलो गाँजासहित दुईजना पक्राउ


१८ भाद्र २०७९, शनिबार


मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका-१० राप्तीपुल नजिकैबाट आज ७४ किलो ७० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका-१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका-३ बर्मानगरका ३४ वर्षीय चन्द्रकुमारी श्रेष्ठ छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश०१-०२५च १९४२ नंको तरकारी बोक्ने गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा बरामद गरिएको हो । प्रहरीले उनीहरुको साथबाट रु ३१ हजार पनि बरामद गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस