विमानस्थलको भीआईपी कक्षबाट भागेका अभियुक्त पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विमानस्थलको भीआईपी कक्षबाट भागेका अभियुक्त पक्राउ


१८ भाद्र २०७९, शनिबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका ठगी आरोपमा फरार एक अभियुक्तलाई प्रहरीले नक्सालस्थित मेरियट होटेलबाट पक्राउ गरेको छ ।

यूएईबाट फ्लाई दुबईको विमानबाट शुक्रबार बिहान विमानस्थलमा अवतरण गरेका सुनसरीका ३० वर्षीय रिजवान आलमलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राति १० बजे मेरियट होटेलबाट पक्राउ गरेको हो ।

आलमलाई प्रहरीले विमानस्थल अध्यागमन कार्यालयलाई बुझाएको छ ।

सम्बन्धित समाचार : कसरी भागे विमानस्थलको भीआईपी कक्षबाटै अभियुक्त ?

Tags :
प्रतिक्रिया दिनुहोस