विमलेन्द्र निधिको नाम समानुपातिकमा धनुषाबाट सिफारिस « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विमलेन्द्र निधिको नाम समानुपातिकमा धनुषाबाट सिफारिस


१८ भाद्र २०७९, शनिबार


जनकपुरधाम । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको नाम धनुषाबाट सिफारिस भएको छ।

नेता निधिलाई धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधिसभाका लागि समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली काँग्रेस प्रचार विभाग प्रमुख नीतिशकुमार गुप्ताले जानकारी दिए।

निधि यसअघि २०७४ सालको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस