२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री दम्पती एउटै क्षेत्रमा फरक पार्टीबाट उम्मेदवार सिफारिस

अ+ अ-

काठमाडौँ । पार्टी विभाजनपछि एमाले र नेकपा एसमा बाँडिएका दम्पती प्रतिनिधिसभा सदस्यका लागि आ(आफ्नो पार्टीबाट उम्मेदवारमा सिफारिस भएका छन् ।

बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री वसन्त मानन्धर नेकपा एसबाट काठमाडौँ ७ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।

शुक्रबार क्षेत्रीय कमिटी बैठकमा उनको नाम एकल रूपमा सिफारिस भएको हो । सोही क्षेत्रबाट मानन्धरपत्नी इन्दिरा पन्त नेकपा एमालेको उम्मेदवारका लागि सिफारिस भएकी छन् । एमालेका क्षेत्रीय कमिटी बैठकले पन्तसहित तीनजनाको नाम यसअघि नै सिफारिस गरिसकेको छ ।

मानन्धर एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । पार्टी विभाजनपछि उनी नेकपा एसतिर लागे पनि पत्नी इन्दिरा पन्त भने एमालेमै छिन् । उनी एमालेको महाधिवेशनमा समेत प्रतिनिधि थिइन् भने महानगरपालिकाको मेयरको उम्मेदवारमा पनि सिफारिस भएकी थिइन् ।

नेकपा एसले काठमाडौँ २ बाट माधव नेपाल नलड्ने भएपछि त्यसको साटो वसन्त मानन्धरका लागि काठमाडौँ ७ मा दाबी गरेको छ । तर, गठबन्धनबाटै जसपाका नेता तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले पनि सोही क्षेत्रबाट उम्मेदवारी घोषणा गरिसकेका छन् ।

एमाले नेतृ पन्तले आफू पार्टीबाट उम्मेदवारको आकाङ्क्षी रहेको र नाम पनि सिफारिस भइसकेको बताइन् । पति फरक पार्टीमा रहेकाले अर्को पार्टीबाट को उम्मेदवार बन्छ भन्ने आफूलाई जानकारी नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस