हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । झापामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका-५ बस्ने ३४ वर्षीया सम्झना श्रेष्ठको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताए ।

प्रहरी प्रवक्ता पाठकका अनुसार जङ्गलबाट आएको हात्तीको आक्रमणबाट घाइते भएकी श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस