कुलमानको चर्चा चलाइएको काठमाडौँ ३ मा महेश्वर फुयाँल सिफारिस « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कुलमानको चर्चा चलाइएको काठमाडौँ ३ मा महेश्वर फुयाँल सिफारिस


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँको क्षेत्र नम्बर ३ बाट माओवादीले महेश्वर फुयाँलको नाम सर्वसम्मत सिफारिस गरेको छ । सत्तारुढ गठबन्धनमा भागबण्डा हुँदा यस क्षेत्रमा माओवादीले दाबी गर्ने स्रोतले बताएको छ । 

यसअघि काठमाडौँ-३ मा माओवादीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उठाउने चर्चा चलाइएको थियो । तर, माओवादी क्षेत्रीय कमिटी बैठकमा भने उनको नाम प्रस्ताव नभएको बताइएको छ ।

कुलमानले चाहेको खण्डमा रामेछाप वा अन्य जिल्लाबाट चुनाव लड्न सक्ने उनको भनाइ छ । कुलमान स्वयम् भने संसदीय चुनावमा उम्मेदवारी दिने विषयमा मौन छन् । प्राधिकरणमा उनको कार्यकाल अझै ३ वर्ष बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस