बैतडीका ३ क्लिनिक सिल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बैतडीका ३ क्लिनिक सिल


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । संयुक्त बजार अनुगमन समितिले बैतडीका ३ वटा क्लिनिकलाई सिल गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा रहेको उक्त टोलीले  नगरपालिका-१ गुरुखोलामा रहेको जयदुर्गे मेडिकल, गुरुखोलामै रहेको प्रकाश मेडिकल र दशथचन्द नगरपालिका-२ देहिमाडौँमा रहेको निङ्गलाशैनी फार्मेसीको क्लिनिक सिल गरेको हो।

मापदण्ड विपरीत सञ्चालनमा रहेका ती क्लिनिकलाई सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। निङ्गलाशैनी फार्मेसीले अर्काको नामबाट फार्मेसी सञ्चालन गरेको र जयदुर्गे मेडिकल हल र प्रकाश  मेडिकलले बिना अनुमति क्लिनिक सञ्चालन गरेको पाइएकोले सिल गरिएको हो।

सिल गरिएका क्लिनिक सञ्चालकहरूलाई सात दिनभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिँदै मेडिकलहरूमा तत्कालका लागि ताला लगाइएको छ। मेडिकलबाट अनुमति बिना जथाभाबी राखिएका औषधि समेत बरामद गरिएको छ।

यस्तै बजार अनुगमनका क्रममा विभिन्न ठाउँमा अखाद्य सामग्री समेत बरामद गरिएको र ती सामग्री नष्ट गरिएको छ। २५ वटा पसलबाट १८ हजार ६९० बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको हो। यस्तै दुईजना व्यापारीलाई ५ हजारका दरले जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

चाडपर्व लक्षित बजार अनुगमन गरिरहेको संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस