मिडिया काउन्सिल विधेयकमाथि भदौ २० सम्म विरोधको सूचना दर्ता गर्न सकिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मिडिया काउन्सिल विधेयकमाथि भदौ २० सम्म विरोधको सूचना दर्ता गर्न सकिने


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । 

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव शुक्रबारको बैठकबाट बहुमतले स्वीकृत भएको हो । 

विधेयकमाथि भदौ २० गते दिउँसो २ बजेसम्ममा विरोधको सूचना दर्ता गर्न सकिने संसद् सचिवालयले जनाएको छ । 

प्रतिनिधिसभाको अर्को बैठक भदौ १९ गते दिउँसो २ बजे बस्ने तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस