आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । आगामी वैशाखसम्म केन्द्रले यस्तो मेसिनको निर्माण सक्ने गरी काम भएको र त्यसका लागि सरकारले पनि सघाउने भएको हो ।

मेसिनको आवश्यक प्रविधिको अध्ययन, अनुसन्धान र विकासका लागि काम गर्ने गरी लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्र बीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीमा प्रवर्द्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे ।

समझदारीअनुसार आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपैयाँ यो आर्थिक वर्षका लागि प्राप्त हुनेछ । सम्झौता पछि आफूहरू उत्साहित भएको आविष्कार केन्द्रका अध्यक्ष पुनले बताए । यो रकमबाट सिन्केधुप, दाँत कोट्याउने सिन्का बनाउने मेसिन, झाडु, बाँसको मुडा बनाउनेलगायत मेशिन बनाउन खर्च गरिने पुनले बताए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले यो समझदारीले आफ्नै उत्पादन प्रयोग गर्ने राष्ट्रिय नीतिलाई सघाउने बताए । भविष्यमा यस्तो सहयोग र

Tags :
प्रतिक्रिया दिनुहोस