राष्ट्रिय भूमि आयोगद्वारा नापनक्साको काम सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रिय भूमि आयोगद्वारा नापनक्साको काम सुरु


१७ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय भूमि आयोगले पर्साका १४ वटै पालिकामा आफ्नो काम अघि बढाएको छ । यसअघिका आयोगले छाडेको अधुरो काम अघि बढाउन सबै पालिकामा लगत सङ्कलनको काम जारी रहेको भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले जानकारी दिए ।

पर्सामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासलाई जग्गाधनी पुर्जा वितरण गर्न विभिन्न तीन चरणमा १४ वटै पालिका र राष्ट्रिय भूमि आयोगसँग यसअघि सम्झौता गरिसकिएको थियो । सोहीअनुसार पर्साको ठोरी गाउँपालिकामा लगत सङ्कलनको काम पुरा भइसकेको र बाँकी १३ वटै पालिकामा लगत सङ्कलनको काम जारी रहेको भूमि आयोगका सदस्य सचिव एवं प्रमुख नापी अधिकृत नारायणकुमार श्रेष्ठले जानकारी दिए । त्यसअनुसार अन्य सबै पालिकामा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासले लगत फाराम भर्ने गरेका छन् ।

सरकारले दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीमध्ये दलित समुदायलाई निःशुल्क र भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासलाई मालपोत निर्धारण मूल्यको आठदेखि दुई सय प्रतिशत राजश्वबापतको रकम लिएर जग्गा धनी पुर्जा उपलब्ध गराउने योजना अघि बढाइएको श्रेष्ठले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस