प्रदेश प्रहरीसम्बन्धी विधेयक पारित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रदेश प्रहरीसम्बन्धी विधेयक पारित


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश प्रहरी सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

बिहीबार बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री डा.रणबहादुर रावलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

यसअघि उक्त विधेयकमाथि भएको छलफलमा बलबहादुर सोडारी, देवकी मल्ल र महेशदत्त जोशीले भाग लिएका थिए । विधेयक पारित भएसँगै प्रदेशमा शान्ति सुव्यवस्था तथा अमनचैन कायम गरी नागरिक सुरक्षा, मानवअधिकार संरक्षण, अपराध अनुसन्धान रोकथाम नियन्त्रणलगायतका कामलाई प्रभावकारीरूपले सञ्चालन गर्न सहज हुने भएको छ ।

बैठकमा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले समितिमा छलफल भई तयार पारिएको सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेस गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस