स्वर्गीय प्रदीप गिरिको स्मृतिमा आज देशभर दीप प्रज्वलन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

स्वर्गीय प्रदीप गिरिको स्मृतिमा आज देशभर दीप प्रज्वलन


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले काँग्रेस नेता स्वर्गीय प्रदीप गिरिको १३औँ पुण्य तिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको छ ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्ला कार्यसमिति, विश्वविद्यालय समन्वय समिति, क्याम्पस एकाइ समिति र मातहतका सबै समितिलाई परिपत्र गर्दै स्व नेताप्रति श्रद्धाञ्जली अर्पण गरी उनको योगदानको चर्चा, स्मरण र रचनात्मक कार्यक्रम तथा आज साँझ दीप प्रज्वलन गर्न निर्देशन दिए ।

केन्द्रीय कार्यसमितिले शान्तिबाटीकामा दीप प्रज्वलन तथा श्रद्धाञ्जलीको कार्यक्रम राखिएको उनले जानकारी दिए । घाँटीको क्यान्सरबाट पीडित स्व गिरिको उपचारका क्रममा मेडिसिटी अस्पताल, ललितपुरमा यही भदौ ४ गते निधन भएको थियो ।

सिरहाको वस्तीपुरमा २००४ सालमा जन्मिएका स्व गिरि चार पटक सांसद बनेका थिए । उनी पछिल्लो पटक २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने उनी समाजवादी चिन्तकका रूपमा परिचित थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस