सरकारले ‘स्टडी इन नेपाल’अभियान थाल्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारले ‘स्टडी इन नेपाल’अभियान थाल्ने


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘स्टडी इन नेपाल’ अभियानको थालनी गर्ने भएको छ ।

बुधवार विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाका सञ्चालक एवम् आइप्यानका पदाधिकारीहरूसँगको छलफलमा स्टडी इन नेपाल अभियानको थालनी गर्ने निर्णय गरेको हो । 

आज भएको छलफलमा विदेशस्थित नियोगहरूलाई सहजीकरणको लागि आवश्यक निर्देशन दिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

छलफलमा मन्त्री पौडेलले नयाँ विषयको आवश्यकता फरक जनशक्ति उत्पादनमा शैक्षिक संस्थाले ध्यान दिनुपर्ने बताए । छलफलमा सहभागीले नवीकरण, कार्यक्रम थप र विश्वविद्यालयको सम्बन्धन परिवर्तन, कार्यक्रमको नाम संस्थाको नाम, स्थान परिवर्तन, समकक्षता सम्बन्धन, विदेशी मुद्रा सटही लगायतका विषयमा समस्या रहेको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस