डोटीमा गठबन्धन आवश्यक छैन, एक्लै चुनाव लड्छौँ : काँग्रेस नेता बलायर  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डोटीमा गठबन्धन आवश्यक छैन, एक्लै चुनाव लड्छौँ : काँग्रेस नेता बलायर 


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले डोटीमा गठबन्धन नगरी काँग्रेस एक्लैले चुनाव लड्ने बताएका छन् ।

४ मङ्सिरको चुनावमा वर्तमान सत्ता साझेदार दलहरुबीच चुनावी तालमेल गर्ने निर्णय भएको भए पनि डोटीमा चुनावी तालमेल नहुने बलायरले बताए ।

उनले काँग्रेस नेता कार्यकर्ताहरू चुनावी तालमेलको विरुद्धमा रहेको बताए । 

काँग्रेस एक्लैले सजिलैसँग चुनाव लड्न सक्ने जिल्लामा अरूलाई नेतृत्व दिनु कार्यकर्ता र जनताप्रति अन्याय हुने बलायरले बताए।

उनले आधारहरू तय नगरी गरिने गठबन्धनको औचित्य नभएको समेत बताए । गठबन्धनका अन्य दलले धम्क्याएर, थर्काएर डोटीको नेतृत्व लिने प्रयास गरिरहेको बलायरले आरोप लगाए । 

नेता बलायरले सुदूरपश्चिम प्रदेश सरकार निर्लज्ज बनेको आरोप पनि लगाए । पाँच वर्षको अवधिमा प्रदेश सरकारले कुनै एउटा पनि नमूना काम गर्न नसकेको उनको दबाब छ । 

Tags :
प्रतिक्रिया दिनुहोस