प्रमुख जिल्ला अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रमुख जिल्ला अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

उनीहरूले धनुषाको साविकको भरतपुर गाउँ विकास समितिमा नेपाली सेनाका लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी १ करोड १४ लाख ६६ हजार ६६७ रुपैयाँ अनियमितता/भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

मुद्दा दायर हुनेमा धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण समितिका अध्यक्ष वसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक मनोजकुमार शर्मा र लेखा सहायक हरिचन्द्र भुसाल छन् ।

अख्तियारले मुआब्जा रकम बुझ्ने गायत्रीदेवी जयसवाल र उनका छोरा शत्रुधन बिचौलियाको भूमिका खेलेका सुमनकान्त ठाकुरलाई पनि विपक्षी बनाएको छ ।

नक्कली मोही बनेर रकम लिएको आरोपमा सूर्यनारायण लाल कर्ण, उनलाई सहयोग गर्ने भाइ उपेन्द्रलाल कर्ण कायस्थ र छोरा मनोजलाल कर्ण, श्रीमती बिन्दादेवी कर्ण पनि विपक्षी छन् ।

मुद्दा दायर हुनेमा जिल्ला अदालत धनुषाका तत्कालीन तामेल्दार अविव साह, गुठी संस्थान धनुषाका कार्यालय सहयोगी कामेश्वर राय र लेखापढी व्यवसायी प्रमोदकुमार कर्ण रहेका अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस