बालेनको घर पसेका ‘जोगी’ले प्रहरीलाई नै ‘भष्म गर्दिन्छु’ भनेपछि… « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बालेनको घर पसेका ‘जोगी’ले प्रहरीलाई नै ‘भष्म गर्दिन्छु’ भनेपछि…


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को घरमा गएर दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ‘जोगी’लाई प्रहरीले तारेखमा छाडेको छ ।

जोगीको भेषमा ‘भष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरी गाउँ पुगेका उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी कार्यालयमा लगिएका उनले आफ्नो नाम फरक–फरक बताउँदै आएका छन् । उनको नागरिकता फेला नपरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । ।

‘उहाँमा मानसिक समस्या छ कि जस्तो लाग्छ । प्रहरीलाई नै भष्म गर्दिन्छु भने । म पशुपति बाबाको भक्त हुँ, सबैलाई भष्म पार्दिन्छु भन्छन्, ’ प्रहरीले भन्यो ।

उनलाई आवश्यक परेको बेला प्रहरी कार्यालयमा उपस्थित हुने गरी छाडिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस