ज्ञानेन्द्रको अर्धशतकमा नेपालले दियो केन्यालाई १७६ रनको लक्ष्य « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

ज्ञानेन्द्रको अर्धशतकमा नेपालले दियो केन्यालाई १७६ रनको लक्ष्य


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । नेपालले पाँचौँ तथा अन्तिम टी-ट्वान्टी अन्तर्राष्ट्रियमा घरेलु टोली केन्यालाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो ।

नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।

ज्ञानेन्द्रको यो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा दोस्रो अर्धशतक हो ।

यस्तै रोहित पौडेलले ४७ रन बनाए । अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए ।

Tags :
प्रतिक्रिया दिनुहोस