नवलपरासीमा रोकिराखेको बसमा आगलागी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नवलपरासीमा रोकिराखेको बसमा आगलागी


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका-२ स्थित मगरबुढामा रोकेर राखेको बसमा आगो लागेको छ । 

गएराति स्थानीय युवराज चौधरीको घरनजिकै बाटोमा पार्किङ गरेर राखेको लु१ख ६६५४ नम्बरको बसमा आगो लागेको जिप्रका नवलपरासी पश्चिमका  डिएसपी भोजराज पाण्डेयले बताए । 

प्रहरी चौकी बासाबाट खटिएको प्रहरीले दमकल प्रयोग गरेर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएका छन् । आगलागीबाट बसको भित्री भाग र सिसा नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेयले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस