तीज पर्वले विभेद हटाउन मद्दत गर्छ : सभामुख सापकोटा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तीज पर्वले विभेद हटाउन मद्दत गर्छ : सभामुख सापकोटा


१४ भाद्र २०७९, मंगलबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजले सामूहिकरुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । हरितालिका तीज–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले तीजमा नेपाली महिलाले स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्ने अपेक्षा गरेका छन् ।

उनले तीज पर्वलाई आफ्ना विषय अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर बनाउनेतर्फ ध्यान दिन सबैमा आग्रह गरेका छन् । विज्ञानको क्षेत्रमा भएका नयाँनयाँ आविस्कार, आधुनिक शिक्षा तथा सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासका कारण मानव समुदायले जीवन जिउने तौरतरिका पनि परिवर्तन गर्दै लगेको उल्लेख गर्दै सभामुख सापकोटाले विज्ञान र समाज विकासको नियमलाई आत्मसात गर्दै पर्व मनाउन आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस