सङ्घ र प्रदेशको चुनावमा सिट बाँडफाँटबारे प्रचण्डले गरे यस्तो खुलासा  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सङ्घ र प्रदेशको चुनावमा सिट बाँडफाँटबारे प्रचण्डले गरे यस्तो खुलासा 


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीय चुनावमा ६० र प्रदेश चुनावमा १२० सीट दाबी गरेको बताएका छन् । 

पार्टीका उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई काठमाडौँ सम्बोधन गर्दै प्रचण्डले कार्य दल बैठकमा माओवादी नेताहरुले सङ्घमा ६० र प्रदेशमा १२० सीट दाबी गरेको खुलासा गरे । 

‘संघीय चुनावमा १६५ र प्रदेशमा ३३० जना हुन्छ । ती सबै एउटै पार्टीको भागमा पर्ने होइन । हाम्रो पार्टीका साथीहरूले कार्यदलमा ६० सिटभन्दा घट्न सकिँदैन भनिरहनुभएको छ । प्रदेशमा १२० जति होला’ प्रचण्डले भने ।  आफूले दाबी नगरेको बताउँदै प्रचण्डले कार्यदलमा पार्टीका नेताले राखेको बताए । स्थानीय चुनावमा टिकट दिने विषयमा भद्रगोल भएको विषयमा प्रचण्डले असन्तुष्टि पोखे ।

अब सङ्घ र प्रदेशको टिकटमा आफैँले हस्ताक्षर गरेर टिकट दिने बताए । एउटै व्यक्तिले निर्णय गरेर भन्दा पनि सम्बन्धित कमिटीमा छलफल गरेर सर्वस्वीकार्य हुने गरी प्रदेश र सङ्घमा चुनाव लड्नेको नाम सिफारिस गर्न प्रचण्डले आग्रह गरे । प्रदेशबाट चुनाव लड्नेको सिफारिस न्यायोचित ढङ्गले आएमा पार्टी हेडक्वार्टरले समेत हस्तक्षेप नगर्ने बचन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस