सिन्धुपाल्चोकमा ससुराको कुटपिट गरी हत्या गरेको आरोपमा बुहारी पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिन्धुपाल्चोकमा ससुराको कुटपिट गरी हत्या गरेको आरोपमा बुहारी पक्राउ


१३ भाद्र २०७९, सोमबार


पक्राउ

काठमाडौँ । सिन्धुपाल्चोकमा कुटपिटबाट ससुराको मृत्यु भएको छ।

ससुराको कुटपिट गरी हत्या गरेको आरोपमा आइतबार हेलम्बु गाउँपालिका–१ गोवागाङ बस्ने २३ वर्षीया बुहारी रीता तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि ८० वर्षीय ससुरा कामीढिण्डु लामाको हत्या गरेको आरोप छ।

घरायसी विषयमा विवाद हुँदा काठको चिर्पटले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ ।

कामीढिण्डुको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो। कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि स्वास्थ्य चौकी लगिएको थियो।

सोमबार बिहान स्थानीय स्वास्थ्य चौकी खार्चुङमा मृत्यु भएको हो ।प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस