भदौ २० बाट मतपत्र छाप्ने काम सुरु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

भदौ २० बाट मतपत्र छाप्ने काम सुरु


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल दर्ताको काम सकिएसँगै निर्वाचन आयोगले मतपत्र छाप्न सुरु गर्ने भएको छ।

समानुपातिक प्रणालीमा भाग लिन आइतबारसम्म दल दर्ताका लागि दिएको समय सकिएसँगै आयोगले भदौ २० बाट मतपत्र छाप्ने काम सुरु गर्न लागेको हो।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक र प्रदेशका दुई–दुई गरी चार प्रकारका मतपत्र आयोगले छाप्ने छ। प्रतिनिधिसभातर्फको समानुपातिक र प्रत्यक्षको एकरएक गरी दुई मतपत्र आयोगले छाप्ने छ।

त्यस्तै, प्रदेशसभा सदस्यतर्फको प्रत्यक्ष र समानुपातिकको मतपत्र भने प्रदेशअनुसार फरक–फरक हुने आयोग स्रोतले जनाएको छ। त्यसका लागि आयोगले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फका लागि दुईरदुई करोड गरी आठ करोड मतपत्र छाप्ने आयोगले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस