राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन


१२ भाद्र २०७९, आइतबार


काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध तराई मधेस लोकतान्त्रिक पार्टीले विरोध प्रदर्शन गरेको छ । 

आइतबार जनकपुरधामस्थित जनक चोकमा तमलोपा धनुषाले ‘विभेदी मानसिकताको खोल पोल’ भन्दै नागरिकता विधेयक प्रमाणीकरण गर्न दबाब दिने उद्देश्यले विरोध प्रदर्शन गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको कार्यकर्ताको बनेको आरोप लगाउँदै तमलोपाका कार्यकर्ताहरूले उनको विरोधमा चर्का नाराबाजी समेत गरेका छन् । 

तमलोपाकी नेतृ विभा ठाकुरले पछिल्लो पटक जस्तै यस पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने हो कि भन्ने आफूहरूलाई शङ्का लागेको कारण आन्दोलन गर्नु परेको बताइन् । उनले यसपटक बदमासी भएमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिइन् । 

Tags :
प्रतिक्रिया दिनुहोस