२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज भत्काइदै दिल्ली छेउमा रहेका एपेक्स र केएन ट्विन टावर

अ+ अ-

दिल्ली । भारतमा दिल्लीको छेउमा रहेको नोएडाको सेक्टर ९३ एमा रहेको प्रसिद्ध ट्विन टावर भत्काउने सबै तयारी पूरा भएको छ ।

आइतबार दिउँसो २:३० बजे मात्र १२ सेकेन्डमा यी दुवै टावर भग्नावशेषमा परिणत हुने भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

रियल इस्टेट कम्पनी सुपरटेकले यी टावरहरू भत्काउनुअघि धेरै क्रेन सो स्थानमा पुगिसकेका छन् । त्यहाँका प्रहरी भवन भएको ठाउँ खाली गर्न जुटेका छन्। धेरै गैरसरकारी संस्थाहरू भवन नजिकै बस्ने कुकुरहरूलाई बचाउन एकसाथ काम गरिरहेका छन्।

एक गैरसरकारी संस्थामा आवद्ध एक कर्मचारीले करिब ३० देखि ३५ कुकुरलाई स्थानान्तरण गरिएको जानकारी दिए। उनका अनुसार सबै कुकुरलाई बचाउने प्रयास भइरहेको छ ।

एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका थिए। यी ३० तले भवनलाई ट्विन टावर पनि भनिन्छ। यी टावरको उचाइ ३२० फिट भन्दा बढी छ।

भारत हालसम्म भत्काइएका मध्ये सबैभन्दा ठूलो भवन यही हुनेछन् । यी नोएडाको घना बस्तीमा अवस्थित छन्। यो भवन भत्काउन लगभग ३७०० केजी विस्फोटक पदार्थको प्रयोग गरिने छ। सावधानीलाई ध्यानमा राख्दै यी भवन नजिक रहेका मानिसहरूलाई घर खाली गर्न पनि भनिएको छ ।

ती भवनलाई अवैध भएर भत्काउन लागिएको हो। टावरहरू विस्फोटक पदार्थको प्रयोग गरेर भत्काइने छ। यसलाई इम्प्लोसन टेक्नोलोजी भनिन्छ। सो टेक्नोलोजीबाट केही सेकेन्डभित्र नै भवन भत्किने छन्।

अगस्ट २०२१ मा भारतको सर्वोच्च अदालतले ट्विन टावरहरू भत्काउन आदेश दिएको थियो। यी टावर भत्काउनको लागि नजिकैका दुई सोसाइटीका करिब पाँच हजार बासिन्दाले घर खाली गरेका छन् ।

ट्विन टावर भएको ५०० मिटर भित्र भवन भत्काउन विष्फोट गरिने समयमा कुनै पनि व्यक्ति वा जनावरलाई बस्न अनुमति दिइएको छैन।

स्ट्रक्चरल इन्जिनियरिङ इन्डिया लिमिटेडका महाप्रबन्धक सुदीप पलले अग्लो भवन भत्काउन इम्प्लोसन टेक्नोलोजी प्रभावकारी भएको बताए । यसले आसपासका क्षेत्र र यातायातका साथै दैनिक कामकाजमा कम असर पर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस