सामूहिक बलात्कारमा संलग्न ११ जना रिहा, भारतभर प्रदर्शन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सामूहिक बलात्कारमा संलग्न ११ जना रिहा, भारतभर प्रदर्शन


१२ भाद्र २०७९, आइतबार


जबर्जस्ती करणी

काठमाडौँ । भारतमा सामूहिक बलात्कारमा संलग्न भएको प्रमाणित भइ जन्मकैदको सजाय पाएका ११ लाइई रिहा गर्ने गुजारत सरकारको निर्णयविरुद्ध देशभर व्यापक प्रदर्शन भइरहेको छ।

सन् २००२ मा गुजरातमा धार्मिक दंगा फैलिएका बेला मुस्लिम महिला बिल्किस बानोलाई सामूहिक बलात्कार गरेका उनीहरुलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

तत्कालिन समयमा भएको धार्मिक दंगामा बानोका परिवारका १४ सदस्य पनि मारिएका थिए। अभियुक्त ११ जनाले १५ वर्ष जेलमा बिताएपछि सरकारले हालै रिहा गर्ने निर्णय गरेको हो। तर सरकारको निर्णयविरुद्ध भारतमा व्यापक प्रदर्शन भइरहेको छ।

बलात्कारीलाई रिहा गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै आन्दोलनकारीहरु सडकमा उत्रिएका छन्। सरकारको निर्णय विरुद्ध कलाकार, अधिकारकर्मी, विद्यार्थी तथा समाजका अन्य प्रतिष्ठित व्यक्तित्व पनि सहभागी छन्।

बलात्कारीलाई रिहा गर्दा समाजमा महिलाहरुको सुरक्षामा असर पर्ने भन्दै भारतका १ सय बढी अवकाश प्राप्त निजामति कर्मचारीले न्यायाधिशलाई निवेदन दिएका छन्। गुजरात सरकारले हालै ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा बलात्कारमा संलग्न पुरुषलाई रिहा गर्ने निर्णय गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस