२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इङ्लिस प्रिमियर लिग: ९ गोलले हरायो लिभरपुलले बर्नमाउथलाई

अ+ अ-

काठमाडौँ । लिभरपुलले बर्नमाउथलाई ९-० को विशाल अन्तरले हराएको छ। इङ्लिस प्रिमियर लिग अन्तर्गत गए राती भएको खेलमा लिभरपुलले एकतर्फी जित निकालेको हो।

लिभरपुलको जितमा डियाज र फिर्मिन्होले २-२ तथा इलियोट,आर्नोल्ड, डाइक र कार्भाल्होले १-१ गोल गरे। लिभरपुलले एक गोल उपहार पाएको थियो।

खेलको तेस्रो मिनेटमा डियाजले गोल गर्दै टिमलाई सुरूआती अग्रता दिलाए । छैटौँ मिनेटमा इलियोटले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे।

खेलको २८ औँ मिनेटमा आर्नोल्डले गोल गर्दै टिमको अग्रता ३-० को बनाए। ३१ औँ मिनेटमा फिर्मिन्होले गोल गर्दै टिमको अग्रता ४-० को बनाए। खेलको ४५ औँ मिनेटमा डाइकले गोल गरेपछि पहिलो हाफमा लिभरपुल ५-० ले अघि रह्यो।

दोस्रो हाफको सुरुमै क्रिसले आत्मघाती गोल गरेपछि लिभरपुल ६-० ले अघि रह्यो ।

६२ औँ मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुललाई ७-० को अग्रता दिलाए। खेलको ८१ औँ मिनेटमा कार्भाल्होले गोल गर्दा लिभरपुल ८-० ले अघि रह्यो। त्यसपछि खेलको ८५ औँ मिनेटमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ९-० को सानदार जित दिलाए।

यो जितसँगै लिभरपुलले लिगमा पहिलो जित निकालेको छ। यसअघि २ पटक बराबरी खेलेको लिभरपुल ४ खेलबाट ५ अङ्कसहित आठौँ स्थानमा छ। बर्नमाउथ १६ औँ स्थानमा छ।

इङ्लिस प्रिमियर लिग अन्तर्गत गए राती नै भएका अन्य खेलहरूमा खेलमा म्यानचेस्टर युनाइटेड, चेल्सी, ब्राइटन, म्यानचेस्टर सिटी र आर्सनल विजयी भएका छन्।

म्यानचेस्टर युनाइटेडले साउथह्याम्प्टनलाई १-० गोलले हरायो। उसका लागि फर्नान्डेजले गोल गरे।

अर्को खेलमा चेल्सीले लेस्टर सिटीलाई हरायो। २८ मिनेटबाट १० खेलाडीमा सीमित चेल्सीले लेस्टरलाई २-१ गोलले हरायो। चेल्सीका लागि दुवै गोल रहीम स्ट्रलिङ्ले गरे।

अर्को खेलमा ब्राइटनले लिड्स युनाइटेडलाई १-० गोलले हरायो।

शनिबार रातीको अर्को खेलमा २ गोलले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४-२ गोलले हरायो। सिटीको जितमा इर्लिङ् हालान्डले ह्याट्रिक गरे भने सिल्भाले एक गोल गरे । क्रिष्टल प्यालेसका जोएचिमले गोल गरे भने सिटीका जोन स्टोनले आत्मघाती गोल गरे। राती नै भएको खेलमा आर्सनले फुलहमलाई २-१ गोलले हरायो। उसका लागि ओडेगार्ड र ग्याब्रियलले गोल गरे। ब्रेन्टफोर्ड र एभर्टनले बराबरी खेलेका छन् ।

यो सँगै चार खेलमा शतप्रतिशत जित निकालेको आर्सनल १२ अङ्कसहित शीर्ष स्थानमा कायमै छ। दोस्रो स्थानमा उक्लिएको म्यानचेस्टर सिटीको समान खेलबाट १० अङ्क भएको छ। समान अङ्कसहित ब्राइटन तेस्रो स्थानमा रहँदा टोटनह्याम चौथो, लिड्स युनाइटेड पाँचौँ र चेल्सी छैटौँ स्थानमा छन्। यी तीन टोलीको समान ७ अङ्क भएको छ।

६ अङ्क जोडेको म्यान्यू सातौँ स्थानमा रहँदा लिभरपुल आठौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस