साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा


११ भाद्र २०७९, शनिबार


काठमाडौँ । यही भदौ २१ गतेदेखि असोज ३ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ ।

प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । टोलीमा तीन नयाँ खेलाडी डिफेण्डर समीक्षा घिमिरे, मिडफिल्डर दीपा शाही र फरवार्ड अमिसा कार्मीले पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् ।

समूह बी मा रहेको नेपालले भदौ २१ गते उद्घाटन खेलमा भुटानसँग खेल्नेछ । प्रशिक्षक थापाले तीन नयाँ खेलाडी प्रतिभावान रहेको र टिमको तयारी राम्रो भएको बताए ।

प्रतियोगिता नजिकिंदै जाँदा नेपाली टिमको कप्तान भने अझै घोषणा गरिएको छैन । यसअघिकी कप्तान रेनुका नगरकोटी घाइते भएर टिममा नहुँदा नयाँ कप्तान बनाउनुपर्ने भएको हो ।

प्रशिक्षक थापाले प्राविधिक कमिटी बसेर केही दिनमा कप्तान चयन गर्ने जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस