२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन

अ+ अ-

काठमाडौँ । हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औँसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदै छ ।

‘पितृदेवो भव:’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।

आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ ।

भाद्र कृष्ण औँसीकै दिन वर्षभर देव कार्य, पितृ कार्यलगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ।

हिन्दुहरूले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन्। कुशलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता छ।

औँसी बाहेकका दिन उखेलिएको कुश भने त्यस दिन मात्र प्रयोग गर्न सकिने धार्मिक विश्वास छ।

कुशे ‍‍औँसीका दिन काठमाडौँको गोकर्णेश्वरमा ठुलो मेला लाग्छ । जस कारण आजको दिनलाई गोकर्ण ‍‍औँसीको नाम पनि दिइएको छ। कुशे ‍‍औँसीका दिन विशेष गरेर उत्तरगयाले प्रचलित काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरमा गएर श्राद्ध गरे मात्र पनि आफ्ना पितृहरू मोक्ष भई स्वर्गमा वास गर्ने पौराणिक कथामा उल्लेख छ।

आजको दिन काठमाडौँमा पशुपति, गौरीघाट, गोकर्णेश्वर र देशका अन्य तीर्थस्थल तनहुँको देवघाट, म्याग्दीको गलेश्वर, सुनसरीको बराहक्षेत्र लगायतका धार्मिक स्थलहरूमा पितृको सम्झनामा तर्पण तथा श्राद्ध गर्ने चलन रहेको छ ।

पशुपति, गौरीघाट, देवघाट लगायतका तीर्थस्थलहरूमा पनि भक्तजनहरूको भीड रहेको छ ।

प्रतिक्रिया दिनुहोस