इन्जिनियर बम घुस रकमसहित रंगेहात पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इन्जिनियर बम घुस रकमसहित रंगेहात पक्राउ


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेकानिकल इन्जिनियर दीपक बमलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

कर्णाली प्रदेशको यातायात व्यवस्था कार्यकालमा कार्यरत इन्जिनियर बमलाई विल बुक नवीकरण, जाँच पास नविकराण गरिदिने भन्दै सेवाग्राहीसँग लिएको ३ हजारसहित शुक्रवार पक्राउ गरेको हो ।

विल बुक, जाँच पास नविकराण र रुटप्रमीट गरिदिने आश्वासनमा घुस माग गरेको भन्ने सूचनाका आधारमा खटिई गएको अख्तियारको टोलीले बिचौलिया निरक बहादुर शाही र बमलाई रिसवत बापतको रकम लिई सकेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेको दुवै जनामाथी थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस