महानगरले बेसमेन्ट खाली गरेपछि राहदानी विभागले गर्‍यो यस्तो आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महानगरले बेसमेन्ट खाली गरेपछि राहदानी विभागले गर्‍यो यस्तो आग्रह


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट आइतबारबाट सेवाग्राहीका लागि पार्किङ गर्न खुला हुने भएको छ।

‘साविकमा यस विभागको बेसमेन्ट राहदानी आवेदकका लागि होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएकोमा भदौ १२ देखि सेवाग्राहीका लागि पार्किङ स्थलका रूपमा प्रयोग हुनेछ’, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै विभागले आइतबारदेखि राहदानी विभागमा लाइभ इलरोलमेन्ट सेन्टर कायम भएका सेवाग्राही मात्र आवेदनका लागि विभागमा आउन आग्रह गरेको छ।

आवेदकहरू आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र विभागमा आउन भनेको छ। तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरू साविकमा झैँ गेट नं २ बाट प्रवेश गर्न आग्रह गरेको छ।

यस्तै राहदानी सम्बन्धी सेवा लिन विभाग आउँदा आवश्यक अवस्थामाबाहेक सम्बन्धित आवेदक मात्र आउनले विभागको आग्रह छ । 

काठमाडौँ महानगरपालिकाले विभागको बेसमेन्टमा रहेको पार्किङ खाली गराएको हो।

विज्ञप्ति !

Tags :
प्रतिक्रिया दिनुहोस