१७ अंकले घट्यो नेप्से, १ अर्ब २९ करोडको कारोबार « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

१७ अंकले घट्यो नेप्से, १ अर्ब २९ करोडको कारोबार


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । साताको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से करिब १७ अंक घटेको छ । १६.९३ अंक घटेसँगै नेप्से २०२२ अंकमा कायम भएको छ । कुल १ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो । जीवन बीमाबाहेक सबै उपसमूह घटे ।

सो उपसमूहको सूचक २९ अंक बढ्यो । बैंकिङ ९, विकास बैंक ४७, फाइनान्स ३३, होटल तथा पर्यटन ४, जलविद्युत् ४०, उत्पादन ५४, माइक्रोफाइनान्स ४१, निर्जीवन बीमा ५६, अन्य ६ र ब्यापार उपसमूह ३८ अंक घटे ।

१० कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ४ को स्थिर रह्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसन, अपरहेवाखोलाको मूल्य ५ प्रतिशत बढ्यो । पन्चकन्या माइ हाइड्रो र कालिका पावरको मूल्य ४ प्रतिशतभन्दा धेरै घट्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस