हुम्लामा अज्ञात रोगका कारण ६० पशु मरे « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हुम्लामा अज्ञात रोगका कारण ६० पशु मरे


१० भाद्र २०७९, शुक्रबार


हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ६० पशु मरेका छन् । स्थानीयवासीका अनुसार दुई हप्तादेखि फैलिएको अज्ञात रोगले पशु मरेका हुन् ।

यति धेरै पशु मर्दा पनि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि बेखबर रहेको स्थानीयको आरोप छ । खर्कमा रहेका पशुमा अचानक पेट सुन्निने, काँप्ने, झोक्राउनेजस्ता लक्षण देखिएको छ । हालसम्म ६० पशु मरिसकेको ताँजाकोट–२ का धनबहादुर रोकायाले बताए । अज्ञात रोगले वडा नं १ र २ का खर्कमा दैनिकजसो पशु मर्न थालेका छन् ।

गाउँपालिकाले पठाएका कर्मचारी औषधि अभाव भएको भन्दै फिर्ता भएका छन् । पुनः औषधि बोकेर खर्कमा नजाँदा उक्त समस्या आएको ताँजाकोट–१ का दलबहादुर खड्काले गुनासो गरे । “पशु मरेर सकिन थालिसके, खर्कबाट खाली हात घर जानुपर्ने भइसक्यो तर कर्मचारी र जनप्रतिनिधिको ध्यान पुगेको छैन”, उनले भने ।

ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले भने खोप लगाउने काम भइरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस