एमाले केन्द्रीय कमिटीको बैठक आज « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले केन्द्रीय कमिटीको बैठक आज


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बस्दै छ ।

आज र भोलि बस्ने केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो बैठकले तय गरेको एजेण्डामाथि छलफल गर्ने भएको छ ।

बिहीबार बसेको पोलिटब्युरो बैठकले आगामी निर्वाचनको तयारी, निर्वाचनमा उमेदवारको छनोटसम्बन्धी मापदण्ड, वर्तमान अवस्था समेटिएको अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन पेस गर्नेलगायतका केन्द्रीय कमिटीका एजेन्डा तय गरेको छ ।

यी एजेण्डामाथि छलफल गरेर केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस